arin enterprises

आनन्दको ‘जि नेवाः झी नेवाः’ विमोचित

SamacharDesk – समाचार श्रोत : नेवाः सूचना केन्द्र | २०७५ भाद्र १०, आइतबार

आनन्द रत्न बज्राचार्यको एकल रचनामा नेपालभाषाको सांगितीक एल्वम  ‘जि नेवाः झी नेवाः’को विमोचन भएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा गोल्डन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधानले उक्त एल्वमको विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा गायक प्रधानले विगतमा एउटा गीत रेकर्ड गर्न कलकत्ता जानुपर्ने अवस्थाको स्मरण गर्दै नेपालमै स्तरीय गीत उत्पाद गर्न सकिने अहिलेको प्रविधीको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

रचनाकार बज्राचार्यले नेपालभाषाको संगीत उत्थानमा आफुले पनि केही योगदान दिने उद्देश्यले एल्वम प्रकाशन गरेको बताउनुभयो ।

कार्यक्रममा एल्वममा समाविष्ट रचनामा संगीत दिने संगीतकारसँगै स्वर दिने गायकलाई सम्मान पनि गरिएको थियो ।

एल्वममा समाविष्ट १५ वटा गीतमा मनराजा नकर्मी, विजेन श्रेष्ठ, हरिशरण सायमि, राजु सिं लगायतका संगीतकारको संगीत रहेको छ । त्यसैगरी गायक जुजुकाजी रञ्जित, सतिश महर्जन, निशा देसार लगायतले स्वर दिएका छन् ।

 

Categorized in पेजथ्री