arin enterprises

इङ्गल्याण्डलाई हराउँदै बेल्जियम समूह विजेता

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १५, शुक्रबार

रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।

इङ्गल्यान्ड पनि समूहको उप विजेताको रुपमा राउन्ड अफ सिक्सटिन प्रवेश गरेको छ । दुवै टोली यसअघि नै नकआउट चरणमा पुगिसकेका भएपनि यो खेल समूह विजेताको लागि थियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ५१औं मिनेटमा बेल्जियमका एड्नान जानुजाले गोल गर्दै टोलीलाई जित दिलाए ।

यो खेलसँगै राउन्ड अफ सिक्सटिनको समीकरण पनि पुरा भएको छ । अब नकआउट चरणमा बेल्जियमले जापानसँग र इंग्ल्यान्डले कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छन् । 

कोलिम्बया समूह एचको विजेता र जापान उपविजेता हुन् ।

Categorized in स्पाेर्ट्स