इटलीमा लकडाउन खुकुलो बनाइने
SamacharDesk – विकाश | २०७७ बैशाख १५, सोमबार

इटलीमा कोरोना भाइरस संक्रमणको अवस्था नियन्त्रणमा आउन थालेपछि लकडाउन खुकुलो बनाइने भएको छ ।
अवस्था नियन्त्रणमा आउँदै मृत्युदर पनि घट्न थालेपछि सात हप्तादेखिको जारी लकडाउन लकडाउन खुकुलो बनाउने तयारी भएको हो ।
मे महिनाको चार तारिखबाट लकडाउन खुकुलो बनाउन लागिएको प्रधानमन्त्री गुइसेपे कोन्टेले बताएका छन् ।
अब त्यहाँ सानो संख्यामा उपस्थित भएर मास्क लगाई आफन्तहरुलाई भेट्न पाइनेछ ।
पार्कहरु खोलिएपनि विद्यालय भने सेप्टेम्बर महिनाअघि नखोलिने बताइएको छ ।
कोरोना भाइरसका कारण धेरै मानिसको मृत्यु हुने देशमा अमेरिकापछि इटली रहेको छ ।
इटलीमा अहिलेसम्म १ लाख ९७ हजार ६ सय ७५ जना कोरोना संक्रमित भएका छन् । २६ हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ ।
Categorized in अन्तर्राष्ट्रिय