arin enterprises

उरुग्वे क्वाटरफाइनलमा, रोनाल्डोको टिम निराश

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १७, आइतबार

रोनाल्डाको पोर्चुगल टिमलाई २–१ गोलले हराउँदै उरुग्वे रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

पहिलो विश्वकपको विजेता उरुग्वेलाई क्वाटरफाइनलसम्म पुर्याउन एडिन्सन काभानिको भूमिका निर्णायक रह्यो । खेलमा उरुग्वेको तर्फबाट दुवै गोल उनैले गरे ।

खेलको ७औं मिनेटमा काभानिले गोल गर्दै उरुग्वेलाई अगाडि बढाए । सुवारेजको पासमा काभानिले हानेको बलले पोर्चुगलको पोष्टको जाली चुम्यो ।

पहिलो हाफसम्म उरुग्वेले नै अग्रता बनाइराख्यो । दोश्रो हाफ शुरु भएर ५५औं मिनेटमा भने पोर्चुगलले खेललाई बराबरीमा ल्याउन सफल भयो । ५५औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याए ।

६२औं मिनेटमा कभानिले खेलको निर्णायक गोल गर्दै उरुग्वेलाई क्वाटरफाइनल पुर्याइदिए ।

खेलको अन्तिम समयमा आएर निकै आक्रामक देखिएको पोर्चुगलले गोल गर्न धेरै प्रयास गरेका थिए । तर उरुग्वेको रक्षापंक्ति र गोलरक्षकले पोर्चुगलको प्रयास सफल हुन सकेन ।

खेल हारेसँगै पोर्चुगल जारी विश्वकपबाट बाहिरिएको छ । यो हारसँगै विश्वकप जित्ने रोनाल्डोको सपना फेरी तुहिएको छ ।

Categorized in स्पाेर्ट्स