arin enterprises

एकीकृत समाजवादीले एमसीसी टेबल गर्न दिने

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ८, आइतबार

एमसीसी विरुद्ध सडकमा उत्रिएको नेकपा एस एकाएक एमसीसी प्रस्ताव टेबुल गर्न सहमत भएको छ ।

नेकपा एकीकृत समाजवादीको हिजो बसेको बैठकले एमसीसी संसदमा टेवल गर्न दिने निर्णय गरेको हो । स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने विषयलाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान यथावत रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।

नेकपा एकीकृत समाजवादीले सो सम्झौताबारे अध्ययन गर्न झलनाथ  खनाल नेतृत्वको कार्यदल नै गठन गरेको थियो । कार्यदलले पनि बैठकमा यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने सुझाव दिएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082