ए डिभिजन लिगमा आज तेश्रो चरणको अन्तिम खेल हुँदै
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ पौष १२, शनिबार

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तेस्रो चरणको अन्तिम खेल हुँदैछ । आज दिउँसो ३ बजे दशरथ रंगशालामा थ्री स्टार क्लब र एपीएफबीच खेल हुनेछ ।
लिगको यस सिजनमा थ्री स्टार अपराजित छ भने एपीएफले जित हात पार्न सकेको छैन ।
आजको खेलमा विजयी भए थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ ।
लिगमा थ्रीस्टारले आफ्नो पहिलो खेलमा जावलाखेलसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा विभागीय क्लब नेपाल पुलिसलाई १/० ले पराजित गरेको थियो ।
एपीएफले भने पहिलो खलेमा मनाङ मर्स्याङ्दीसँग २/०को हार बेहोरेको थियो । हिमालयन शेर्पासँग भने १/१ गोलको बराबरी खेलेको थियो ।
अंक तालिकामा थ्रीस्टार २ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ । एफिएपफ भने १ अंकसहित पुछारबाट तेस्रो अर्थात १२औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स