कलाकारहरुको जमघटसहित नयाँ वर्षको उत्सव मनाईयो
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ कार्तिक १०, आइतबार

नेपाल सम्वत ११४० को अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेको छ । यसै क्रममा ईन्द्र विनायक क्लबले यस वर्ष सुकुन्दा र्यालीको आयोजना गरेको छ । चलचित्र र संगीत क्षेत्रका कलाकारहरुको साथमा क्लवमा काठमाडौंमा सुकुन्दा र्यालीको आयोजना गरेको हो ।
मरुढोकाबाट शुरु भएको र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । मरुढोकाबाट शुरु भई चिबाखेल, कंकेश्वरी, दमाईटोल, यट्खा हुँदै मखनबाट इन्द्रचोक, नयाँ सडक, ओमबहाल, लगन, जैशीदेवल, चिकंमुगल, भिमसेनस्थान, मरुगणेश, मरुहिटी हुँदै क्लब परिसर इन्द्र सभा मार्ग पुगेर सम्पन्न भएको थियो ।
र्यालीमा नेपालभाषा क्षेत्रका चर्चित कलाकार साथै गायक गायिकाहरुको उपस्थिती थियो ।
संघीय सभासद् जीवनराम श्रेष्ठले सुकुन्दा बाली र्यालीको उद्घाटन गर्नुभएको थियो ।
सोभन्दा अघि, र्यालीको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सभासद् श्रेष्ठले देशको पहिचान बचाउने यहाँका मूर्त, अमूर्त सम्पदा साथै संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जनले नेपाल सम्वत राष्ट्रिय सम्वतको नारालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक साथै क्लवका सदस्य राजन शाहीले क्लवले नेपाल सम्वत नयाँ वर्षको अवसर पारेर वर्षेनी देउसी भैली कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो । यसवर्ष देउसी भैली कार्यक्रमलाई अर्ध विराम दिएर सुकुन्दा र्यालीको आयोजना गरिएको शाहीको भनाई थियो ।
