कांग्रेसका नेता जोशीको परिवारले सहयोग रकम नलिने
SamacharDesk – संवाददाता | २०७७ चैत्र ८, आइतबार

मष्तिष्कङात भइ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने भनेको सहयोग नलिने भएको छ ।
सरकारले जोशीको उपचारका लागि दिने भनेको १० लाख रुपैयाँ सहयोग परिवारले नलिने घोषणा गरेको हो ।
सरकारले गएको बिहीवार जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । तर जोशीको परिवारले सहयोग रकम विपन्न वर्गको स्वास्थ्य उपचारमा खर्च गर्न आग्रह गरेको छ ।
गएको फागुन १४ गते मष्तिस्कघात भइ थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
Categorized in राजनीति