काराओके आइकन र मिस एस.ई.ई. आइकन हुने
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ माघ ६, आइतबार

बेग्लै सोच र फरक शैली तथा ढंगवाट नेपालमा काराओके आईकन २०७५ हुने भएको छ ।
विभिन्न किसिमका अन्तर्राष्ट्रिय शैलीका गायन प्रतियोगीताहरु भइरहेको परिप्रेक्ष्यमा नेपालकै लुकेका प्रतिभा उजागर गर्न भन्दै रेक्स फेसन होमले काराओके आइकन २०७५ गर्न लागेको हो ।
यसको साथमा रेक्स फेसन होमले मिस एस.ई.ई. २०१९ आइकन पनि गर्ने भएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी रेक्सले फागुनको अन्तिम सातामा काराओके आइकन आयोजना गर्ने जनाएको हो । त्यसैगरी मिस एस.ई.ई. आइकन २०१९ भने नयाँ वर्ष २०७६को बैसाख २१ गते हुने भएको छ ।
पत्रकार सम्मेलनमा आयोजक रेक्स् फेसन होमका प्रवन्ध–निर्देशक खगेश रंजितकारले नयाँ सोचवाट अरुभन्दा फरक शैलीवाट दुवै कार्यक्रम गर्ने बताएका छन्। संगीतको विकास तथा गायन क्षेत्रलाई व्यापकता दिन र कलाकार, गायक–गायिका, नायक–नायिका र दर्शक वीच मितव्ययिता कामय गर्न काराओके आइकन गर्न लागेको प्रवन्ध–निर्देशक रंजितकारको भनाई रहेको छ।
अर्कोतर्फ शिक्षा नै विकासको पहिलो पाइला भन्ने नाराका साथमा एस.ई.ई. आइकन २०७५ गर्न लागिएको जानकारी आयोजक रेक्स फेसन होमका प्रमुख कार्यकारी अधिकृत रेक्स् रंजितकारले भनेका छन्।
पत्रकार सम्मेलनमा ख्यातिप्राप्त गायक भीम तुलाधर, गायिका बुनु राई मानन्धर, एस.ई.ई. आइकन २०१८ नैना खड्गी, मिस नेवाः आइकन २०१८ दिया श्रेष्ठ, मिस ग्राण्ड इन्टरनेशनल उरुषा जोशी, सल्लाहकार रोशन ताम्राकार लगायतले कार्यक्रमको आवश्यकताा र महत्वको बरेमा प्रकाश पारेका थिए।
Categorized in पेजथ्री