केन्याको आगोलागीमा १५ जनाको मृत्यु
SamacharDesk – समाचारडेस्क – इन्टरनेशनल ब्युरो | २०७५ आषाढ १४, बिहिबार

केन्याको राजधानी नैरोबीस्थित गिकोम्बा बजारमा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मृत्यु हुनेमा चारजना बालबालिका पनि परेका छन् । आगलागीमा परी ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
रातको समयमा सल्किएको आगोका कारण ठूलो क्षति भएको बताइएको छ । आगलागीको कारण भने पत्ता लागेको छैन ।
गिकोम्बाको खुला बजारमा पटक पटक आगलागीका घटनाहरु भएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय