arin enterprises

कैलालीकी ५० वर्षीया महिला पनि निको भइन्

SamacharDesk – विकाश | २०७७ बैशाख ११, बिहिबार

कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् । 

लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ५० वर्षीया महिला उपचार पछि निको भएर आज घर फर्केकि हुन् । 

सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको लगातार दुई पटकसम्म कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो ।

सेती प्रादेशिक अस्पतालबाट कोरोनालाई जितेर घर फर्किने उनी चौथो हुन् । 

पर्साको वीरगञ्जबाट आएर क्वारेन्टाइन बसेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आजै मात्र पाटन अस्पतालमा उपचाररत पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका आमाछोरा पनि निको भएर घर फर्किएका थिए ।

योसँगै नेपालमा कोरोनाको संक्रमणलाई जित्नेको संख्या १० पुगेको छ ।

Categorized in राष्ट्रिय