कोरोनालाई जितेर सनसिटीका आमाछोरा घर फर्के
SamacharDesk – विकाश | २०७७ बैशाख ११, बिहिबार

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित आमा र छोरा उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पेप्सीकोलाका दुई जना संक्रमित उपचारपछि निको भएर घर फर्केको जानकारी दिनुभयो ।
पाटन अस्पतालमा उपचाररत उनीहरुलाई आजै अस्पतालले डिस्चार्ज गरेको हो ।
निको हुनेहरु ५८ वर्षीय पुरुष र ८१ वर्षीया वृद्धा हुन् । ती दुवै आमा छोरा हुन् ।
चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई वैसाख १ गतेका दिन कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
वैशाख १ गते गरिएको र्यापिड टेस्टमा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि दुवैलाई त्यही दिन पाटन अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू डिस्चार्ज भएका हुन् ।
अहिलेसम्म ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
Categorized in राष्ट्रिय