arin enterprises

कोलम्बियाको पोल्यान्ड विरुद्ध ३–० को जीत

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ ११, सोमबार

रसियामा जारी विश्वकप फुटबलमा कोलम्बियाले पोल्याण्डलाई ३–० गोल अन्तरले हराएको छ ।

कोलम्बियालाई जित दिलाउन यरी मिना, राडमेल फल्काओ र जुहान कुवाड्राडाले गोल गरे ।

खेलको ४० औं मिनेटमा यरी मिनाले गोल गर्दै टिमलाई अग्रता दिए । जेम्स रोड्रिग्वेजको पासलाई हेड गर्दै यरी मिनाले गोल गरेका थिए । ७०औं मिनेटमा राडामेल फल्काओले गोल गरेको पाँच मिनेटपछि नै फेरी जुहान कुवाड्राडोले गोल थप्दै टिमलाई ३–० को जित दिलाए ।

यो जितसँगै कोलम्बियाले नक आउट चरणमा प्रवेशको सम्भावनालाई जिवीत राखेको छ । समूह एचबाट कोलम्बिया, जापान र सेनेगलमध्ये दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।

लगातार दुई खेलमा हारिसकेर पोल्याण्डको भने विश्वकप यात्रा सकिएको छ ।

Categorized in स्पाेर्ट्स