arin enterprises

को बन्नेछ नेपालगञ्जको पहिलो मिसेज डिभा

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ भाद्र २२, शुक्रबार

नेपालगञ्जबाट पहिलो मिसेज डिभा इन्टरनेशनल २०१८ को उपाधी कसले जित्नेछ भन्ने नेपालगञ्जको लागी कौतुहलताको विषय बनेको छ । नेपालगञ्जमा पहिलो पटक आयोजना हुन लागेको मिसेज डिभा इन्टरनेशनल २०१८ मा उपाधी विजेता को हुनेछ भन्दै अहिले नेपालगञ्जवासीहरु अडकलबाजी गरीरहेका छन् ।

गृहिणीहरुको लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले भोलि नेपालगञ्जमा मिसेज डिभा इन्टरनेशनल २०१८ आयोजना हुन लागेको हो । डिभा प्रतियोगीताको पनि तयारी सम्पूर्ण पुरा भएको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगीतामा अडिसनबाट छनौट भइसकेका अन्तिम पाँच विवाहित महिलाहरुले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगीतामा घर गृहिणीको साथै विभिन्न पेशामा आवद्ध विवाहित महिलाहरुको सहभागीता रहेको छ ।

डिभा प्रतियोगीताका लागी पनि अन्तर्राष्ट्रिय कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर राज फैजुले नै कोरीयोग्राफी गरेका छन् ।

फाइनल कार्यक्रम भोलि भाद्र २३ गते शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा हुन लागेको हो । 

राजश्री कलेक्सनको प्रस्तुतिमा पाण्डव मिडियाले आयोजना गर्न लागेको कार्यक्रमको व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको रहेको छ । 

यहि प्रतियोगीतासँगै बालबालिकाहरुको प्रतिभा प्रतियोगीता किड्स अफ द इयर २०१८ पनि आयोजना हुँदैछ ।

Categorized in पेजथ्री