arin enterprises

को बन्नेछ पाकिस्तानको नयाँ प्रधानमन्त्री

SamacharDesk – इन्टरनेशनल ब्युरो | २०७५ श्रावण १०, बिहिबार

पाकिस्तानमा नयाँ संसद चयन गर्न भएको मतदानको मतगणना शुरु भएको छ ।

पाकिस्तानको २७२ संसदीय सीटको लागी प्रत्यक्ष चुनाव भइरहेको हो । यसमध्ये ७० सीट महिला र और अल्पसंख्यकको लागि आरक्षित छ ।

हिंसाको आशंकाकै बीचमा लाखौंको संख्यामा मतदाताहरुले आफ्नो मताधिकारको प्रयोग गरे ।

चुनावकै दौरानमा केही घटनाहरु भने भएका छन् । पश्चिमी पाकिस्तानको क्वेटा शहरको एउटा मतदान केन्द्र नजिकै भएको आत्मघाती हमलामा ३० भन्दा बढिको ज्यान गएको छ ।

मतदानको दिनमा सियासी दलका समर्थकहरु बीच पनि कयौं स्थानमा झडप भएका छन् ।

पाकिस्तानको प्रधानमन्त्री बन्न मैदानमा पूर्व प्रधानमंत्री नवाज शरीफको पार्टी मुस्लिम लीग (नवाज) र पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इंसाफ बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

चुनाव प्रचारको क्रममा इमरान खानले भ्रष्टाचारको अन्त्य गर्ने प्रतिवद्धता जनाएको थिए । 

उता अघिल्लो चुनाव जीतेको पाकिस्तान मुस्लिम लीग (नवाज) का नेता नवाज शरीफ भने भ्रष्टाचारको मुद्दामा जेलमा सजाय भोग्दैछन् ।

Categorized in अन्तर्राष्ट्रिय