arin enterprises

गंगामायाले अनसन तोडिन्

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ आषाढ ३०, शनिबार

छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनसनरत् गंगामाया अधिकारीले सरकारले दुई बुँदे सहमति गरेपछि अनसन स्थगित गरेकी छिन् ।

सरकारले दुइ बुँदे सहमति गरेसँगै विगत ४५ दिनदेखि अनसनरत् अधिकारीले अनसन तोडेकी हुन् ।

दुइ बुँदे सहमति अन्तर्गत २०७१ असोज ३१ गते सरकारले गंगामायासँग गरेको पाँचबुँदे लिखित सहमति कार्यान्वयन गर्ने र कार्यान्वयन भएरनभएको अनुगमन गर्न सरकारका प्रतिनिधि र गंगामाया अधिकारीले छानेका व्यक्तिहरु सम्मिलित समिति गठन गर्ने प्रतिबद्धता जनाइएको छ ।

जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।

साथै अधिकारीले आफुले अनसन स्थगित मात्र गरेको र यो १० दिनमा केही प्रगति भएन भने म फेरि अनसन बस्ने पनि बताउनु भएकि छिन् । 

गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।

Categorized in राष्ट्रिय