arin enterprises

गीतकार बज्राचार्यको ‘एक्लै बस्दा’ सार्वजनिक

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ भाद्र २३, शनिबार

वरिष्ठ गीतकार स्व. देव बज्राचार्यको एकल रचनामा सांगितिक एल्बम ‘एक्लै बस्दा’ सार्वजनिक भएको छ ।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गीतकार स्व. बज्राचार्यको चार दशकभन्दा पुराना गीतहरुको संगालो ‘एक्लै बस्दा’को विमोचन वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ संगीतकार दिपक जंगम, प्रकाश गुरुङ, वरिष्ठ गायक दिप श्रेष्ठ, ओलम्पस क्लबका अध्यक्ष पवित्र बज्राचार्य लगायतले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

विमोचित एल्वममा स्व. बज्राचार्यद्वारा रचित लोकप्रिय गीत एक्लै बस्दा सँधै मलाईको साथमा लोकप्रिय गायक गायिकाको स्वरमा स्वरवद्ध विभिन्न गीतहरु समाविष्ट छन् ।

कार्यक्रममा वक्ताहरुले स्व. बज्राचार्यकोसरल मिजासको चर्चा गरेका थिए । साथमा बज्राचार्यले तत्कालीन समयमा लुकेर बसेका कलाकारहरुको प्रतिभालाइ उजागर गर्नका साथै ओलम्पस क्लवमा आबद्ध भएर विभिन्न सांगीतिक कार्येक्रम गर्ने गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो । 

कार्यक्रम ओलम्पस क्लबले आयोजना गरेको थियो ।

बि. सं. २००९ माघ २३ गते काठमाडौँको ओम्बहलमा बाबु सकलानंद बज्राचार्य र पूर्णकुमारीको कोखबाट जन्मिएका बज्राचार्यको बि. स. २०७४ भाद्र २८ गतेका दिन ६५ बर्षको उमेरमा देहावसान भएको थियो ।

२०७५ भाद्र २३ शनिबार राती १२ः४८ मा पोष्ट भएको

Categorized in पेजथ्री