arin enterprises

गुथि संशोधन विधेयक जलाउँदै आन्दोलनको घोषणा

SamacharDesk – कल्चर ब्यूरो | २०७६ जेठ २४, शुक्रबार

प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् । प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् ।

सरकारले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उद्देश्यले संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा स्वस्फुर्त रुपमा भेला भएका जन समुदायले आज काठमाडौंको ढल्को चोकमा विधेयक जलाउँदै आन्दोलनको घोषणा गरेका छन् ।

नेवाः आन्दोलनका अभियन्ता डा.महेशमान श्रेष्ठ, नेवारहरुको राष्ट्रिय संगठन देय् दबूका अध्यक्ष नरेश ताम्रकार, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जन, उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि लगायतले संयुक्त रुपमा विधेयक जलाएका थिए ।

विधेयकको विरोधमा भेला भएका जन समुदायले गुथि हर्न पाईँदैन, संस्कृति मास्न पाईँदैन, गुथि संशोधन विधेयक खारेज गर लगायतका नारा लगाएका थिए ।

सोभन्दा अघि, प्रस्तावित विधयेक सम्बन्धि छलफल कार्यक्रममा सरोकारवालाहरुले यहाँको गुथिमा भएका जग्गाजमिन लगायत गरगहनाहरु हडप्नका लागि सरकारले विधयेक ल्याएको बताए । 

कार्यक्रममा गुथि संस्थानका अध्यक्ष मीनराज चौधरीले स्थानीय जात्रापर्व, संस्कृति विरुद्ध विधयेक आएको बताए । अध्यक्ष चौधरीले संविधानले सुरक्षित गरेको स्थानीय जात्रापर्व, संस्कृतिमाथि स्थानीय आदिवासीको अधिकारलाई प्रस्तावित विधेयकले कुण्ठित गरेको बताए । प्रस्तावित विधेयकले गुथिमाथि गुथियारको सम्पूर्ण हक साथै स्थानीय जात्रापर्व समेत समाप्त गर्ने चौधरीको  दिनुभयो ।

‘हामीले गुथिलाई बलियो बनाउने मस्यौदा प्रस्ताव गरेका थियौं । तर हाल आएको विधेयकले त गुथियारको सारा हक अधिकार समाप्त हुने उल्लेख गरिदियो’ अध्यक्ष चौधरीको भनाई थियो । 

स्थानीय जात्रापर्व, संस्कृतिको संरक्षणको उद्देश्य नभई मात्र गुठीको जग्गाजमिनसँग मात्र जोडिएर प्रस्तावना आएको चौधरीको भनाई थियो । भएका सबै निजी गुथिलाई सार्वजनिक गर्दै जग्गा भूमाफिया हातमा दिने खालको विधेयकमा आफ्नो पनि विरोध रहेको चौधरीले बताए ।

कुनै पनि विधेयकको प्रस्ताव तल्लो सदनबाट माथिको सदनमा जानुपर्नेमा यो विधेयक सिधै राष्ट्रिय सभामा छलफलमा जानु आश्चर्यको विषय भएको पनि उहाँले बताउनुभयो । 

आयोजकको तर्फबाट बोल्दै वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले प्रस्तावित विधेयकले स्थानीय वासिन्दालाई भूमिहिन बनाउने बताए । व्यक्तिगत नभएपनि गुथिको जग्गाबाट भुमिपति बनिरहेका नेवारहरुलाई विधेयकले साँच्चिकैमा भूमिहिन बनाउने उहाँको भनाई थियो । 

भूमिसँगै नेवारको स्थानीय संस्कृति र पहिचान समेत समाप्त हुने मानन्धरको भनाई थियो ।

आजको भेलाले आइतवार १२ बजे माईतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

Categorized in राष्ट्रिय