ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना
SamacharDesk – समाचारडेस्क – सोसियल ब्युरो | २०७५ आषाढ १६, शनिबार

काठमाडौं धापासीस्थित ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ ।
सिम्रिक एअरको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा दुर्घटना भएको हो । हेलिकोप्टरका पायलट घाइते भएको अस्पताल श्रोतले जनाएको छ ।
अस्पताल श्रोतका अनुसार पायलटले समयमै हेलिकोप्टरको इन्जिन बन्द गरेकाले ठुलो क्षति हुन नपाएको हो ।
अस्पतालका चिकित्सक भरतपुर लिएर जान हेलिकोप्टर अस्पतालको छतमा ल्यान्ड गर्न खोज्दा दुर्घटना भएको हो ।
दुर्घटनाको कारणबारे थाहा हुन सकेको छैन ।
Categorized in समाज