चमसुरीले गरिन चलचित्रको गीत सार्वजनिक
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ पौष १५, मंगलबार

पल्पसा डंगोल ‘चमसुरी’ बाट निर्मित, निर्देशित नेपालभाषाको चलचित्र ‘ब्याहा यानागु लछि मदुनि’को एउटा गीतको भिडियो सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्रको गीत ‘छंगु प्रेमया रंग’ सार्वजनिक गरिएको हो ।
कलाकार र पत्रकारहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा निर्माता, निर्देशक पल्पसाले चलचित्रका कलाकार, प्राविधिकहरुलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।
कलाकारिता क्षेत्रमार्फत आफ्नो मातृभाषालाई पनि केही योगदान दिने उद्देश्यले चलचित्रको निर्माण गरेको निर्माता निर्देशक डंगोलले बताउनुभयो ।
चलचित्र र कलाकारलाई माया गरीदिन पनि डंगोलले सबैलाई अनुरोध गरिन् ।
चलचित्रका कोरीयोग्राफर भुवनदास श्रेष्ठले आफुले नेपालभाषाको साथै नेपाली, भोजपुरी गीतहरुमा समेत कोरीयोग्राफी गरिसकेको बताउँदै यस चलचित्रमा नयाँ कलाकारहरुसँग काम गर्दा केही गार्हो तर फरक किसिमको रमाईलो महसूस भएको बताउनुभयो ।
यहि माघ महिनाभित्र रिलिज गर्ने लक्ष्य राखिएको चलचित्रमा पल्पसा आफ्नी सुपुत्री लूनिभाः डंगोलको साथमा मिलन श्रेष्ठलाई पनि लन्च गरेकि छिन् ।
अन्य कलाकारहरुमा रवि डंगोल ‘सुकुचा’, मञ्जु श्रेष्ठ ‘बिजुली’, सुनिता ठाकुर, निर्मल शर्मा, अजु डंगोलको मुख्य भूमिका रहेको छ ।
चलचित्रको कथा, पट्कथा, सम्वाद दर्शनवीर शाक्यको रहेको छ भने क्यामेरा र दृश्य सम्पादनको काम मनोजरत्न शाहीले गरेका छन् ।
आज सार्वजनिक गरिएको गीतमा जुजु बज्राचार्य र रानीशोभा महर्जनले स्वर दिएका छन् भने संगीत इन्द्र व्यन्जनकारको रहेको छ । गीतको रचना पनि जुजु बज्राचार्यले गरेका छन् । संगीत संयोजन जिवीत जल्मीको रहेको छ ।
गीतमा काभ्रे जिल्लाको नमोबुद्धको मनोरम दृश्यहरु कैद गरिएको छ ।
चलचित्र लूनिभाः आर्टसको व्यानरमा निर्माण भएको छ । लूनिभाः आर्ट्सको यो दोश्रो चलचित्र हो । यसभन्दा अघि लूनिभाःबाट सत्य धरोधर्म चलचित्र निर्माण भइसकेको छ ।
Categorized in पेजथ्री