arin enterprises

चलचित्र ‘क्या फसाद’को पोस्टर सार्वजनिक

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ पौष ३०, सोमबार

नेपालभाषाको चलचित्र क्षेत्रमा ननस्टप फिल्ममेकरको रुपमा चर्चित निर्देशक बासु शाहीको नयाँ चलचित्र ‘क्या फसाद’ पोस्टर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पूर्व सभासद मदनबहादुर अमात्य र नेपालभाषाको पहिलो सिने पत्रकार विजयरत्न तुलाधरले संयुक्त रुपमा पोस्टर सार्वजनिक गर्नुभयो ।

पूर्व सभासद् अमात्यले नेपालभाषाको चलचित्र क्षेत्र उत्थानको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवध्दता व्यक्त गर्नुभयो ।

वरिष्ठ सिने पत्रकार तुलाधरले मूलधारको नेपाली चलचित्र क्षेत्रमा र बलिउडमा पोस्टरको फर्स्ट लुकको चलन रहेपनि नेपालभाषाको चलचित्र क्षेत्रमा भने पोस्टर औपचारिक रुपमा सार्वजनिक गर्ने चलन त्यत्ति नरहेको बताउनुभयो । 

कल्प प्रोडक्सनको व्यानरमा निर्माणाधीन चलचित्र क्या फसादको सुटिङ कार्य सम्पन्न भइसकेको छ । दृश्य सम्पादनको काम पनि चाँडै नै सम्पन्न गरी चलचित्र दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्देशक शाहीले बताउनुभयो ।

Categorized in पेजथ्री