arin enterprises

जेलबाटै हेलिकप्टर चढेर गुण्डा नाइके फरार

SamacharDesk – समाचारडेस्क – इन्टरनेशनल ब्युरो | २०७५ आषाढ १८, सोमबार

फ्रान्समा कुख्यात गुण्डा नाइके रेडोइन फेड हेलिकप्टर चढेर पेरिसको कारागारबाट फरार भएका छन् ।

कारागारभित्र हतियारले सुसज्जित तिनवटा हेलिकप्टर अवतरण गराइएको थियो । त्यसैमा चढेर ४६ वर्षीय फेड भागेको अधिकारीहरुले जनाएका छन् ।

नजिकैको वाउरगेट क्षेत्रतर्फ उडेको उक्त हेलिकप्टर पछि भने जलेको अवस्था स्थानीय प्रहरीले फेला पारेको थियो ।

फ्रान्सको अपराध दुनियामा फेड चर्चित नाम हो । उनी शृंखलाबद्ध लुटका घटनाका संलग्न भएको अपराधमा जेल सजाय भोग्दै आएका थिए ।

पछिल्लो समय उनी सेन इट मर्न कारागारमा २५ वर्षको जेल सजाय भोग्दै थिए ।

Categorized in अन्तर्राष्ट्रिय