arin enterprises

ज्यापु महागुथि पश्चिम भेगमा धनबीर

SamacharDesk – सोसियल ब्यूरो | २०७६ श्रावण १८, शनिबार

ज्यापु महागुथि पश्चिम भेगले फेरी एक पटक धनबीर महर्जनकै नेतृत्व पाएको छ । शनिबार गुर्जुधारामा सम्पन्न महागुथि पश्चिम भेगको तेश्रो अधिवेशनले साविक अध्यक्ष धनवीर महर्जनलाई नै अध्यक्ष चयन गरेको हो ।

सर्वसम्मतिबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रशेखर महर्जन रहेका छन् भने सम्पूर्ण महर्जनले सचिवको जिम्मेवारी पाएका छन् । त्यसैगरी शिशुपाल महर्जन कोषाध्यक्षमा चयन हुँदा धवेन्द्र महर्जन सह कोषाध्यक्ष बनेका छन् ।

सदस्यमा धनकृष्ण महर्जन, रमेश महर्जन, धनबहादुर महर्जन, राजेश महर्जन, ललिक महर्जन, दिनेश महर्जन, नेसन महर्जन, तेजमाया महर्जन, अष्टमाया महर्जन र सानु महर्जन रहेका छन् ।

सोभन्दा अघि अधिवेशनको उद्घाटन सत्रमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले भाषा, कला, साहित्य, संस्कृति नै देशको सम्पत्ति भएको बताउँदै देशको सम्पत्तिको संरक्षण गर्न काठमाडौं उपत्यकाको स्थानीय सँस्कृतिको रक्षा गर्नुपर्ने बताउनुभयो ।

स्थानीय सँस्कृतिको संरक्षण, सम्वद्र्धन गर्न नेवाः संग्रहालयको स्थापना गर्ने चन्द्रागिरी नगरपालिका प्रमुख गिरीको प्रतिवद्धता थियो ।

ज्यापु महागुथिका केन्द्रीय अध्यक्ष राजभाई जकःमिले खेत जोत्ने ज्यापु सुमुदायले अब देश बोक्ने उद्घोष गर्नुभयो ।

महागुथि पश्चिम भेगका अध्यक्ष धनवीर महर्जनले पश्चिम भेगका ज्यापु समुदायलाई एकतावद्ध गर्दै समस्त ज्यापु समुदायको साथमा नेवाः समुदायकै वृहत्तर हितको लागि क्रियाशील रहने बताउनुभयो ।

सोही कार्यक्रममा स्थानीय निर्वाचनमा पश्चिम भेगमा निर्वाचित ज्यापु समुदायका पाँच वडाध्यक्षलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिका उपमेयर लिशा नकर्मी, ज्यापु महागुथिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तु महर्जन लगायतको उपस्थिती रहेको थियो ।

 

Categorized in समाज