टिन प्रिन्सेज डिभा भव्यताका साथ सम्पन्न
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ जेठ १०, शुक्रबार

टिन प्रिन्सेज डिभा २०१९को उपाधी गृष्मा शर्माले जितेकि छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधीको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत जितिन् ।
विजेता शर्मालाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीकि कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा वैदार फैजुले ताज पहि¥याइन् भने रेडियन्टका संस्थापक निर्देशक साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले ट्रफि प्रदान गर्नुभयो । उपाधी विजेता शर्मालाई उपाधीको साथमा नगद रु. २० हजार राशिबाट समेत पुरस्कृत गरिएको थियो ।
त्यसैगरी टिन प्रिन्सेज डिभाको दोश्रो स्थानमा अक्षिता राज्यलक्ष्मी शाह परिन् भने अग्रिमा पोखरेल तेश्रो स्थानमा परिन् ।
प्रतियोगीहरुलाई दुइ समूहमा विभाजन गरेर भएको प्रतियोगीताको प्रि टिन समूहतर्फ भने बेलिस्मा कटवालले उपाधी जितिन् । कटवालले पनि उपाधीको ताजको साथमा ट्रफि र नगद पुरस्कार रु. २० हजार राशि हात पारिन् ।
कटवालले उपाधीको साथसाथै बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेसको सबटाइटल समेत जितेकि थिइन् । प्रि टिन समूहमा विभुति अधिकारी र रिद्धिमा नेपाल क्रमशः दोश्रो र तेश्रो स्थानमा परिन् ।
२२ जना टिनहरुको सहभागीता रहेको प्रतियोगीतामा प्रतियोगीहरुलाई मोस्ट कन्फिडेन्ट, मोस्ट अट्राक्टिभ, भ्यूअर्स च्वाइस अवार्ड, बेस्ट डान्सर, मोस्ट डिसिप्लिन, फोटोजेनिक, मोस्ट डाइनामिक लगायत विभिन्न सब टाइटलबाट पुरस्कृत गरिएको थियो ।
प्रतियोगीताको निर्णायक मण्डलमा नवनारी मासिककि सह सम्पादक नीलिमा मास्के श्रेष्ठ, संचारकर्मी साथै कोरोना स्कूलकि प्रिन्सिपल सरिता ज्ञवाली, डाफोडिल स्कूलकी प्रमुख मीना कार्की, पत्रकार विराजकाजी राजोपाध्याय र गायक सोहन मानन्धर रहेका थिए ।
कार्यक्रममा प्रतियोगीहरुको कोरीयोग्राफी अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा वैदार फैजुको रहेको थियो । कार्यक्रमको आयोजना रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो ।
Categorized in पेजथ्री