टोकियो ओलम्पिक सर्यो, अब २०२१ मा मात्र हुने
SamacharDesk – स्पोर्टस् ब्यूरो | २०७६ चैत्र १५, शनिबार

२०२० जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक एक वर्ष सरेको छ । सन २०२१ मा आयोजना हुने भनिएको यसको नाम भने “टोकियो ओलम्पिक गेम्स २०२०” नै हुनेभएको छ ।
इतिहासमा पहिलो पटक सरेको ओलम्पिक खेल, जापानको टोकियोमा ओलम्पिक टर्च पुगिसकेकोले नाम नर्फेने सहमती बनेको हो ।
भिडियो कन्फ्रेन्सिङको माध्यमबाट विश्वभर रहेका राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष तथा महासचिबहरु, सबै महादेशका अध्यक्षहरु र टोकियो ओलम्पिक आयोजक देशसँग छलफलका क्रममा अध्यक्ष थमस बाखले कोभिड १९ ले विश्वव्यापी रुपमा पारेको प्रभावले सन २०२० को टोकियो ओलम्पिक सार्नु परेको विषयमा अवगत गराउँदै यस बारे प्रस्ताव अघि सारेका थिए ।
आइओसीको कार्यकारी बोर्डले टोकियो ओलम्पिक सार्न गरेको निर्णयलाई अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटी, राष्ट्रिय ओलम्पिक कमिटी र जि–२० का देशका नेतृत्वले यसलाई स्वागत र समर्थन जनाएका छन ।
नेपालका तर्फ बाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठ सहितको सहभागिता रहेको उक्त भिडियो कन्फ्रेन्सिङ बैठकमा जापानका प्रधान्मन्त्री सिन्जो आवे, विश्व स्वास्थ्य संगठन र आइओसीको सहमतीमा एक वर्षका टोकियो ओलम्पिक सार्ने निर्णय भएको हो ।
टोकियो ओलम्पिकका लागि प्रदान गरिने खेलाडी छात्रवृती कार्यक्रमलाई सन २०२१ सम्म निरन्तरता दिने भएको छ ।
यसै गरि ओलम्पिकमा सहभागिताका लागि हुने छनौट खेलहरुको नयाँ मिति तोकिने भएका छन । बैठकले अर्को मिती तय गर्नका लागि सम्बन्धित सबैसंग छलफल गरि अगाडी बढ्ने निधो समेत भएको छ ।
ओलम्पिक सन २०२१ को टोकियोमा समर भित्रै आयोजना हुने यस अघिनै जनाइएको छ ।
Categorized in स्पाेर्ट्स