ट्रम्पले भने – चुनावमा रुसी हस्तक्षेप थिएन’
SamacharDesk – ईन्टरनेशनल ब्युरो | २०७५ श्रावण १, मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०१६को अमेरिकी चुनावमा कुनै किसिमले रुसी हस्तक्षेप नभएको बताएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनसँगको वार्ताको क्रममा ट्रम्पले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् । अमेरिकी गुप्तचर संस्थाहरुले भने अमेरिकी चुनावमा ट्रम्पलाई रुसले सहयोग गरेको बताउँदै आएको छ ।
पुटिनले पनि अमेरिकाको कुनै पनि मामिलामा रूसले हस्तक्षेप नगरेको दोहर्याएका छन् ।
फिनलैन्डको राजधानी हेलसिन्किमा सम्पन्न दुइ नेताबीचको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुइ नेताले पत्रकारहरुको प्रश्नको उत्तरमा यसो भनेको हुन् ।
दुइ नेताबीच बन्द कोठाभित्र दुई घन्टा वार्ता चलेको थियो ।
यता, वरिष्ठ रिपब्लिकन सीनेटर र सीनेटको आर्म्ड सर्विसेजÞ कमिटीकासदस्य लिंडसे ग्राहमले भने ट्रम्पले रूसलाई अमरीका ‘कमजÞोर’ भएको संकेत दिएको बताएका छन् ।
ग्राहमले ट्वीट गरे ‘ट्रम्पले २०१६ को चुनावमा हस्तक्षेपलाई लिएर रूसलाई जवाफदेही बनाउने र आगामी चुनावहरुलाई लिएर कडा चेतावनी दिने अवसर गुमाएका छन् ।’
Categorized in अन्तर्राष्ट्रिय