arin enterprises

डा.केसी आफैं अधिनायकवादी भएको गृहमन्त्रीको भनाई

SamacharDesk – समाचारडेस्क – पोलिटिक्स ब्युरो | २०७५ आषाढ २०, बुधबार

गृहमन्त्री रामबहादुर थापाले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्ने डा. गोविन्द केसी आफैं अधिनायकवादी भएको बताएका छन् ।

बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले अनसरनको भरमा स्वास्थ्य नीति बनाउन खोज्ने शैली अधिनायकवाद भएको बताए । डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको दावी पनि गृहमन्त्री थापाले गरे । 

विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित नगरीएको भन्दै लोकतन्त्रका नाममा अति संवेदनशील क्षेत्रहरुमा विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने भनाई पनि थापाले राखे ।

डा. केसीको मागबारे सरकारको कुनै अडान वा विमति नभएको तर, कस्तो स्वास्थ्य नीति बनाउने भन्ने अधिकार संसदको भएको उनको भनाई थियो । ‘अहिले निर्वाचित सरकार आइसकेको छ, सदन गठन भएको छ । ती मुद्दाहरुलाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्छ ।’ गृहमन्त्री थापाको भनाई थियो ।

साथै, गंगामाया अधिकारीको अनसनको प्रसङ्गमा गृहमन्त्री थापाले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशलाई पुरानै अवस्थामा फर्काउने खेल त होइन भनी प्रश्न गरे । ‘यहाँ त १५–१७ हजार गंगामाया छन् । समस्या हल गर्दा १५द्द२० हजार गंगामायाको आशुलाई सम्झिन जरुरी छ । त्यसलाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्छ’ उनले भने ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082