arin enterprises

डेनमार्क र क्रोएशियाको खेल अतिरिक्त समयमा

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १८, सोमबार

डेनमार्क र क्रोएशियाको अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा गएको हो । 

सोभन्दा अगाडिको खेलमा दुबै टिमले एक एक गोल गरेका थिए ।

खेलमा अग्रता डेनमार्कले लिएको थियो । खेलको पहिलो मिनेटमै डेनमार्कका माथ्युस जोर्गेन्सनले गोल गर्दै टिमलाई अग्रता दिए ।

तर चौथो मिनेटमै मारियो मान्जुकिकले गोल गर्दै क्रोएशियालाई १–१ को बराबरीमा पुर्याइदिए ।

खेलको शुरुवाती समयमै दुवै टिमले गोल गरेनि खेलको निर्धारित समयको अन्त्यसम्म पनि दुवै टिमले अर्को गोल थप्न सकेनन् । 

अन्तिम समयमा पुगेर दुवै टिमबाट थुप्रै गोलका प्रयासहरु भएको थिए । तर दुवै टिमको कुनै प्रयासले सफलता पाउन सकेनन् । 

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोलका थुप्रै अवसरहरुमा चुकेका थिए । अतिरिक्त समयमा पनि बराबरी भएका खेलको विजेता पेनाल्टि सुटआउटबाट छानिनेछ ।

Categorized in स्पाेर्ट्स