arin enterprises

ताम्रकार समाजको रक्तदान कार्यक्रम सम्पन्न

SamacharDesk – सोसियल ब्युरो | २०७५ श्रावण २६, शनिबार

ताम्रकार समाजले यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।  

समाजको स्वास्थ्य उपसमितिको आयोजनामा यस वर्ष पनि वृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

उग्रचण्डी सामुदायिक स्वास्थ्य केन्द्र, चक्रवर्ती टोल सुधार समिति, तिच्छुँगल्ली टोल सुधार समिति र नोबल बहुउद्देशीय सहकारी संस्थाको सहयोगमा समाजले कार्यक्रमको आयोजना गरेको थियो । 

रक्तदानमा ६० जनाले रक्तदान गरेका थिए । समाजबाट निरन्तर रुपमा भइरहेको रक्तदान कार्यक्रमबाट थुप्रै बिरामीहरु लाभान्वित भइरहेको समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बताउनु भयो ।

ताम्रकार समाजले विगत लामो समयदेखि नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

Categorized in समाज