arin enterprises

ताम्रकार फ़ुटसलको सेमिफाइनल समीकरण पूरा

SamacharDesk – स्पोर्ट्स ब्युरो | २०७५ भाद्र ३०, शनिबार

तेश्रो ताम्रकार फ़ुटसल प्रतियोगिता २०७५ को सेमिफाइनल समीकरण पूरा भएको छन । गत भाद्र २३ गते पहिलो र दोश्रो, भाद्र ३० गते भएको तेस्रो र चौथो चरणको खेल पश्चात सेमीफाइनल समीकारण पूरा भएको हो ।

सेमीफाइनलमा वंगलामुखी फर्निचर्स, साहिल मेटल क्राफ्ट, फोरेगो फ़ाइटर्स र करुणामय मेटल क्राफ्ट टिमले प्रवेश पाएको छ ।

तेस्रो र चौथो चरणमा फोरेगो फ़ाइटर्स र ललितपुर जिल्ला खेलकूद विकास समितिले दोहोरो जित हात पारेका थिए । फोरेगोले राइट एण्ड एशोसिएसन तथा भैरवनाथ आईरन ईण्डष्ट्रिलाई पराजित गरेको थियो ।

त्यसैगरी समितिले करुणामय मेटल तथा राइट्लाई पराजित गरेको थियो ।

तेस्रो र चौथो चरणको अर्को खेलहरुमा बिके सुनचांदी पसलले पानाचो ब्युटी सेलॊनलाई, करुनामयले भैरवनाथ आईरनलाई, वंगलामुखी फर्निचर्सले पानाचोलाई पराजित गरेका थिए ।

त्यसैगरी अन्य खेलहरुमा ओरियन ईलेक्ट्रिकलले बिके सुनचाँदी र साहिल मेटलसँग वरावरी खेले । साथै साहिल मेटलले पनि वंगलामुखी फर्निचर्ससँग वरावरी खेलेको थियो ।

प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल असोज ६ गते शनिवारका दिन सानेपा स्थित फिल्ड फ़ुटसल मैदानमा हुनेछ । 

सोही दिन महिला खुल्ला तथा अण्डर १४ का खेलहरु पनि हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजयी तथा उपविजयी टोलीले आकर्षक ट्रफीका साथ नगद पुरस्कार पनि पाउने छन् । साथमा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर तथा प्रेसिडेन्सियल च्वाईस पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

भाद्र ३० रातको १ः०७ मा पोष्ट भएको

Categorized in स्पाेर्ट्स