arin enterprises

थप तीन जनामा देखियो कोरोना संक्रमण

SamacharDesk – विकाश | २०७७ बैशाख १७, बुधबार

बुधबार एकैदिनमा तीनजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा बाराका दुई र पर्साका एक जना पुरुषहरु रहेका छन् ।

जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । 

तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका बताइए पनि पुष्टि हुन भने बाँकि छ ।

उनीहरु लकडाउनकै अवस्थामा भारतबाट अवस्थामा लुकिछिपी सीमा पार गरेर नेपाल प्रवेश गरेका थिए।

तिनीहरुलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन् ।

प्रदेश २ मा कोरोना संक्रमितको संख्या भने १० पुगेको छ । जसमध्ये वीरगन्जस्थित मस्जिदमा भेटिएका ३ र रौतहटका १ गरी चार जना उपचार पछि निको भएर डिस्जार्च भइसकेका छन् ।

Categorized in राष्ट्रिय