arin enterprises

थापा नेतृत्वको राप्रपा नेपाल पार्टीको विधिवत घोषणा

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ७, शनिबार

राप्रपा परित्याग गरेका कमल थापाले आज राप्रपा नेपाल पार्टीको घोषणा गर्नुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गर्नुभएको हो ।

लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालमा थापा अध्यक्ष बन्नुभएको हो । लाक्पाले थापालाई अध्यक्ष स्वीकारेर पार्टी कमल थापाको जिम्मा लगाउनुभएको हो । तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराउनुभएको थियो ।

कार्यक्रममा थापाले आफू पाँच वर्षको अलमलपछि आफ्नो पुरानो घर राप्रपा नेपाल फर्किएको बताए ।  राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भने, ‘विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौँ। यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु। विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु ।’ 

गत मङ्सिरमा सम्पन्न राप्रपाको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित हुनुभएको थियो । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्नु हुँदै छानबिन गर्नुपर्ने माग गर्नुभएको थियो । तर, लिङ्देनले यस विषयमा कुनै चासो नदेखाउनुभएपछि थापाले नयाँ पार्टी गठन गर्नुभएको हो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082