arin enterprises

दिपाको सरप्राइज सार्वजनिक हुँदै

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ पौष ८, मंगलबार

मेलोडि क्वीन गायिका दीपा महर्जनको सरप्राइज सार्वजनिक हुँदैछ । सुखावति मल्टि प्रोडक्सनले यहि विहिबार एउटा कार्यक्रमको आयोजना गर्दै कार्यक्रम सार्वजनिक गर्न लागेको छ ।

सार्वजनिक हुन लागेको गायिका महर्जनको एकल म्यूजिक एलबम सरप्राइजमा बलिउडका ख्यातिप्राप्त नेपाली गायक उदितनारायण झासँगको यूगल गीत पनि रहेको छ । सो गीत रेकर्ड गर्न रचनाकार सुरेन्द्र तुलाधर, संगीतकार नील शाक्य र संगीत संयोजक भुपेन्द्र बज्राचार्य भारत नै पुगेका थिए ।

सोही एलबममा अर्का ख्यातिप्राप्त गायक कलाकार यमन श्रेष्ठ र दीपाको यूगल गीत पनि समावेश रहेको छ ।

जम्मा ६ वटा गीत समावेश एलबम गायक, संगीतकार, संगीत संयोजक र रचनाकार चारैजनाको एकल एलबमको रुपमा रहेको छ । एलबमका सबै गीतको रचना सुरेन्द्र तुलाधरकै रहेको छ भने संगीतकार नील शाक्य, संगीत संयोजक भुपेन्द्र बज्राचार्य रहेका छन् ।

एलबम विमोचनकै कार्यक्रममा सुखावति मल्टि प्रोडक्सनको नयाँ चलचित्रको पनि घोषणा गर्न लागेको छ । नयाँ चलचित्रको नाम छंगु जिगु माया रतन रहेको छ ।

दीपा महर्जन र उदितनारायणको गीतको बोल पनि छंगु जिगु माया रतन नै रहेको छ भने चलत्रित्रको नाम पनि यहि रहेको छ ।

के चलचित्रमा पनि यहि गीत रहनेछ भन्ने प्रश्नमा गीतका रचनाकार र चलचित्र निर्देशक सुरेन्द्र तुलाधरले भन्नुभयो, ‘गीत त यहि हो, म्यूजिक एलबममा उदितसँग दिपा महर्जनले गाएकि छिन् भने चलचित्रमा पनि दीपाकै स्वर रहनेछ तर दीपानारायण झाको ।’

Categorized in पेजथ्री