धमलाले पार्टि परित्याग गरे
SamacharDesk – पोलिटिक्स ब्यूरो | २०७६ मङ्सिर ३, मंगलबार

विप्लव समूहको नेपाल कम्यूनिष्ट पार्टिका पोलिटब्यूरो सदस्य कृष्ण धमलाले पार्टि परित्याग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कृष्ण धमला ‘गम्भीर’ले आजकै मितिबाट पार्टि परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टिको पछिल्ला योजनाहरुमा सहमत हुन नसकेर पार्टी परित्यागु विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘ विगत लामो समय देखि नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रही क्रान्तिकारी आन्दोलन र वर्ग संघर्षको मोर्चामा नेतृत्व गर्दे आइरहेकोमा पार्टीको पछिल्लो योजना र समग्र विषयमा सहमति हुन सकिन’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमार्फत धमलाले सांगठनिक रुपमा आफु उक्त पार्टीमा नरहने घोषणा गर्दै राष्ट्रियता,जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागि रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
पार्टीको परित्याग गरतापनि स्वतन्त्र वामपन्थीको रुपमा क्रियाशील रहने पनि धमलाले बताएका छन् ।
Categorized in राजनीति