arin enterprises

नृत्य विषयको पठनपाठनमा नृत्य निर्देशकहरुको जोड

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ बैशाख ३०, सोमबार

हरेक विद्यालयमा नृत्य विषयको पठनपाठन गराउनुपर्नेमा नृत्य निर्देशकहरुले जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नृत्य विषयको पाठ्यक्रम तयार गरेर यसको पठनपाठन गराउनुपर्नेमा नृत्य निर्देशकहरुले जोड दिएका हुन् ।

कामना कला केन्द्रले आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा केन्द्रका संस्थापक नृत्य निर्देशक भुवन श्रेष्ठले हरेक विद्यालयमा नृत्य शिक्षाको आवश्यकता रहेको बताउनुभयो । नृत्य शिक्षाबाट विद्यार्थीहरुको शारिरीक क्षमताको साथै व्यक्तित्व समेत विकास हुने श्रेष्ठको भनाई थियो । 

अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले लोक, शास्त्रीय नृत्यहरुको बारे पठनपाठन गराउन नृत्य निर्देशकहरुले नृत्यसँग सम्वन्धित ताल, लयको साथै अभिनय, भेषभूषा, श्रृंगार र बाजाहरु र बाद्यवादनको समेत केही जानकारी राख्नुपर्नेमा जोड दिए ।

करिब ३० जना नृत्य निर्देशकहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागीहरुले यस्ता कार्यक्रमहरुले नयाँ सोचहरु विकास गर्नको साथै नयाँ सिकाइको लागी सहयोग गर्ने धारणा राखेका थिए ।

यहि अवसरमा कामना कला केन्द्रले कामना लिटिल डान्स च्याम्पियन २०१९ को पनि घोषणा गरेको छ । केन्द्रले पिजिदेखि कक्षा ४ सम्मका विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने उद्देश्ले प्रतियोगीताको आयोजना गर्न लागेको जनाएको छ ।

Categorized in पेजथ्री