नेपाः पार्टीको १२औं स्थापना दिवस भव्य रुपमा मनाइयो
SamacharDesk – पोलिटिक्ट ब्यूरो | २०७५ चैत्र २३, शनिबार

नेपाः राष्ट्रिय पार्टीको १२औं स्थापना दिवस राजधानीमा भव्य रुपमा मनाईएको छ । ‘पहिचान सहितको संघीयता पक्षधरहरु सबै एक हौं’ भन्ने नारा सहित नेपाः पार्टिले आफ्नो १२औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वाँगमय शताव्दि पुरुष सत्यमोहन जोशीले पहिचान सहितको संघीयताले नै देशका विभिन्न जातजातीको सम्मान हुनसक्ने बताउनुभयो । आदिवासी समुदायको भाषा, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा राज्यले यसतर्फ विशेष ध्यान पुर्याउनुपर्ने शताब्दि पुरुष जोशीको भनाई थियो ।
सोही कार्यक्रममा पहिलो संविधान सभामा नेपाः पार्टिबाट सभासद् बनेका स्वर्गीय बुद्ध सायमि विशेषाङ्क, पार्टिको मुखपत्र ‘नसला’ पनि सार्वजनिक गरिएको थियो ।
सोही कार्यक्रममा नेपालको पप संगीत क्षेत्रका चर्चित गायक भिम तुलाधर र गायिका संगिता राईलाई सम्मान गरिएको थियो । सम्मानितद्वयलाई नेपाः पार्टिका अध्यक्ष विजय सैंजुले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजयप्रकाश सैंजुले पार्टीको ईतिहास सहित हाल हुँदै आएका विभिन्न गतिविधी र अवस्थाबारे विश्लेषनात्मक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नागार्जन नगर कमिटिका विभिन्न जनजाति समुदायका ३६ जना नवप्रवेशीलाई पार्टीमा स्वागत गरिएको थियो । साथमा वल्र्ड नेवाः अर्गनाइजेसनया नवनिर्वाचित अध्यक्ष सिजन श्रेष्ठ, खम्वुवान राष्ट्रिय पार्टीका अध्यक्ष आर. के. खन्वु, खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेम बहादुर खाति, लिम्वुवान पार्टीका अध्यक्ष कुमार लिंगदेन मिराक लगायतले पहिचानको आवाज बुलन्द गर्दै संघर्षमा जानुपर्नेमा जोड दिनुभयो ।
Categorized in राजनीति