arin enterprises

नेपालगञ्जमा मिसेज डिभाको तयारी तिव्र

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ भाद्र १५, शुक्रबार

नेपालगञ्जमा आयोजना हुन गइरहेको मिसेज डिभा इन्टरनेशनल र किड्स अफ द इयर २०१८ को तयारी तीव्र भएको छ । राजश्री कलेक्सनको प्रस्तुतिमा पाण्डव मिडियाले आउँदो भाद्र २३ गते यस कार्यक्रमको आयोजना हुन लागेको हो । पाण्डव मिडियाले पहिलो पटक नेपालगन्जमा यस किसिमको सुन्दरी प्रतियोगीता आयोजना गर्न लागेको हो ।

कार्यक्रमको व्यवस्थापन भने इभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले गर्न लागेको छ । हाल कार्यक्रमको लागी प्रतियोगीहरुको क्याटवाक लगायतका विभिन्न तालीमहरु भइरहेको छ । 

कार्यक्रममा कोरीयोग्राफी भने अन्तर्राष्ट्रिय कोरीयोग्राफर साथै रेडियन्ट इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर राज फैजुले गर्दैछन् । भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा समेत सहभागी हुन सकिने क्षमताको विकास गराउँदै प्रतियोगीहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको तालीम आफुले दिइरहेको कोरीयोग्राफर फैजुले बताउनुभयो । 

प्रतियोगीतामा मिसेज डिभातर्फ अडिसनबाट छनौट भइसकेका अन्तिम पाँच जनाले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् भने किड्सतर्फ २३ जना बालबालिकाहरुको सहभागिता रहेको छ । फाइनल कार्यक्रम भने नेपालगञ्जको सिद्धार्थ होटेलमा हुन लागेको छ ।

घर गृहस्थीमै सिमित गृहिणीहरुको व्यक्तित्व र नेतृत्व विकासको साथमा उनीहरुमा लुकेको प्रतिभालाई प्रष्फुटन गराउने र आफ्नो पहिचान स्थापित गराउने उद्देश्यले विवाहित महिलाहरुको सुन्दरी प्रतियोगीता मिसेज डिभा इन्टरनेशनलको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । बालबालिकाहरुमा लुकेको प्रतिभासँग उनीहरुलाई साक्षात्कार गराउने नै किड्स अफ द इयर प्रतियोगीताको उद्देश्य रहेको जानकारी पनि आयोजकले दिएको छ । किड्सको प्रतियोगीतामा विजयी हुनेलाई विदेशमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगीतामा समेत सहभागी गराइने कोरीयोग्राफर राज फैजुले बताउनुभएको छ ।

Categorized in पेजथ्री