arin enterprises

नेपालभाषाका दुइ म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ पौष १४, सोमबार

नेपालभाषाका दुइवटा म्यूजिक भिडियोहरु एकै साथ सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रममा गायक जितेन्द्र शाक्यको काल जिगु नुगः सुनां र जितेन्द्र र सुमन मानन्धरको युगल गीत छं न्हिलाः दः सार्वजनिक गरिएको हो ।

ललितपुरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक स्वयम्भुराज शाक्यले दुइटै गीत औपचारिक रुपमा सार्वजनिक गर्नुभयो ।

गीत सार्वजनिक गरेसँगै मन्तव्यको क्रममा वरिष्ठ गायक शाक्यले गाउनु केही ठुलो विषय नभएको तर राम्रो गाउनु धेरै ठुलो विषय भएको बताउनुभयो । कुनै पनि गीत गाउँदा गायक गायिकाले गम्भीर हुनुपर्ने शाक्यको भनाई थियो ।

त्यसैगरी रचनाकार अमृतरत्न शाक्यले युवा पुस्ताले मातृभाषा बोल्न छोड्दै गएको बेलामा भविष्यमा अर्को पुस्ताले नेपालभाषाको गीत सुन्ने हो कि होइन भन्ने चिन्ता पोख्नुभयो । स्तरीय गीतको श्रृजना नै नयाँ पुस्तालाई मातृभाषा हस्तान्तरणको राम्रो माध्यम बन्न सक्ने शाक्यले बताउनुभयो ।

साथमा, म्यूजिक भिडियोका मोडल रुपेन्द्र श्रेष्ठले गीत निर्माणक्रमको बारे जानकारी दिनुभयो ।

कार्यक्रममा सार्वजनिक गरिएको म्यूजिक भिडियोको मोडलहरु, छायाँकार, दृश्य सम्पादक, निर्देशकलाई खादासहित सम्मान गरिएको थियो ।

 

छं न्हिलाः दः म्यूजिक भिडियो 

 

काल जिगु नुगः सुनां म्यूजिक भिडियो

Categorized in पेजथ्री