arin enterprises

नेपालभाषा म्यूजिक भिडियो अवार्डको टपटेन सार्वजनिक

SamacharDesk – विकाश | २०७६ मङ्सिर १३, शुक्रबार

सबैभन्दा बढि विधामा पुरस्कृत गरिन लागिएको ‘नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड २०१९’ को टप टेन सार्वजनिक गरिएको छ । ललितपुरमा कार्यक्रमको आयोजना गरि टप टेन कलाकार र प्राविधिकहरुलाई प्रमाण पत्र र मेडल समेत प्रदान गरियो ।

विभिन्न विधामध्ये गीततर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, नवोदित गायक, नवोदित गायिका संगीतकार, रचनाकार, संगीत संयोजक रहेको छ ।

त्यसैगरी भिडियोतर्फ उत्कृष्ट मोडल पुरुष, उत्कृष्ट मोडल महिला, भिज्युअल एडिटर, क्यामेरा पर्सन, श्रृंगार, भिडियो रंग समिश्रण, म्यूजिक भिडियो, भेषभूषा, रेकर्डिङ्ग कक्ष, उत्कृष्ट नृत्य निर्देशक विधा समावेश गरिएको छ ।

सोही अवार्ड कार्यक्रममा जन संगीत स्रष्टा अमरराज शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ ।

राइजिंग स्टार सिंगिंगमा मनोनित उत्कृष्ट ५ नेपालभाषा म्यूजिक भिडियोका गायक गायिकालाई पनि कार्याक्रममा प्रमाणपत्र र मेडल प्रदान गरियो ।

सबै विधामा मनोनयनमा परेका कलाकार वा प्राविधिकहरुलाई खल्ती अथवा स्पायरोमार्फत भोटिंग गर्न सकिने जानकारी पनि आयोजकले दिएको छ ।

यसै अवार्डको प्रचारप्रसारको लागि भन्दै आउँदो मंसीर २८ गते शनिवारका दिन खोकनाको फुटबल मैदानमा आर्टिष्ट फुटबल म्याच पनि हुन गइरहेको छ ।

Categorized in पेजथ्री