नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो
SamacharDesk – विकाश | २०७७ बैशाख ११, बिहिबार

नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।
उदयपुरकी संक्रमित महिला त्रियुगा नगरपालिका ३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ ।
उनीहरु २५ जना सबैकै उपचार विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा भइरहेको छ ।
आज थप दुई जनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमित संख्या ४७ पुगेको छ ।
उनीहरु मध्ये ९ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् ।
Categorized in राष्ट्रिय