arin enterprises

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

SamacharDesk – बिकाश | २०७६ चैत्र १५, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बागलुङकी एक युवतीमा संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ५ पुगेको हो । 

बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो । 

संक्रमण देखिएकी बागलुङकी उक्त युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । 

त्यसक्रममा बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनलाई उपचारको लागि काठमाडौं ल्याउने तयारी भइरहेको श्रोतले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

नेपालमा संक्रमणको पुष्टि भएका ५ जना मध्ये एक जना निको भएर घर गइसके भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, कोरोना संक्रमित नेपाली युवतीसँगै कतार एयरवेजमा यात्रा गरेका चितवनका ५ जनाको कोरोना संक्रमण नभएको पाइएको छ ।

कोरोना अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनीहरुको शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण नेगेटिभ देखिएको हो । 

Categorized in राष्ट्रिय