arin enterprises

नेपालमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि

SamacharDesk – विकाश | २०७७ बैशाख १, सोमबार

नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको हो । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप दुइ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

आज पोजेटिभ देखिएका संक्रमितमा रौतहटका एक युवक रहेका छन् । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषको स्वाब परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइनमा रहेका उनलाई अस्पताल लग्ने तयारी शुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कैलाली लुम्किचुहा नगरपालिकाककी ६५ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

यसभन्दा अघि उनको र्यापिड टेस्टमा भने नेगेटिभ देखिएको थियो । 

उनले वीरगञ्ज नाकामा चिया बेच्ने गर्थिन् । गत चैत्र १७ मा स्थानीय प्रशासनले लकडाउनमा समस्यामा परेकाहरू १७ जनाको उद्धार गरेर कैलालीको लम्कि पुर्याइदिएको थियो । उनी पनि त्यहि समूहमा थिइन् ।

उद्धार गरिएका १७ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । 

क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । सो टेस्टको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइएको थियो ।

तर ती महिलाको पीसीआर बिधिबाट गरिएको परीक्षणमा भने कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

आज दुईजनामा संक्रमण पुष्टि भएसँगै नेपालका कोरोना भाइरस कोभिड १९ बाट संक्रमितको संख्या १४ पुगेको छ ।

तीमध्ये एकजना उपचार पछि निको भएर घर फर्किसके भने बाँकिको देशका विभिन्न स्थानमा उपचार भइरहेको छ ।

उपचाररत सबैजनाको अवस्था सामान्य नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको अवस्थाको सम्वन्धमा जानकारी दिन गरिएको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज संक्रमण पुष्टि भएकाको केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङको काम अघि बढिसकेको बताउनुभयो ।

हालसम्म जम्मा ५ हजार ६ सय ९१ जनाको परिक्षण भइसेकेको र पछिल्लो २४ घन्टामा ५१९ जनाको परिक्षण गरिएको जानकारी डा. देवकोटाले दिनुभयो ।

साथै, आजसम्ममा ५२ जिल्लामा आरटिडि अर्थात र्यापिड टेस्ट प्रविधिबाट परिक्षणको व्यवस्था भइसकेको पनि उहाँले बताउनुभयो ।

७ हजार १ सय ६६ जना क्वारेन्टाइनमा रहँदा १०३ जना आइसोलेनमा रहेकोमा ९ जना उपत्यकामा रहेको पनि प्रवक्ता डा. देवकाटोले बताउनुभयो ।

हिजो संक्रमित देखिएका तीनै जनाको कन्ट्याक्ट ट्रेसिङको काम तीव्र भएको बताउँदै डा. देवकोटाले तिनीहरुको सम्पर्कमा आएका पर्साका जिल्लाका विभिन्न मस्जिदमा रहेका २८ जनाको परिक्षण सम्पन्न भएको जानकारी गराउनुभयो ।

त्यसैगरी छपकैयामा ५९ जनाको र्यापिड टेस्ट किटबाट परिक्षण पनि सम्पन्न भएको उहाँले बताउनुभयो । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको उहाँको भनाई थियो ।

Categorized in राष्ट्रिय