arin enterprises

नेपालमा पहिलो पटक रिसाइकलिङ दिवस मनाईयो

SamacharDesk – विगेन तुलाधर | २०७६ चैत्र ५, बुधबार

मार्च १८, विश्वभरी विभिन्न कार्यक्रम गर्दै विश्व रिसाइकलिङ दिवश मनाइएको छ । यसै सन्दर्भमा नेपालमा पनि पहिलो पटक विश्व रिक्साइलिङ दिवस मनाइयो । 

यस वर्ष दिवसको सन्देश ‘रिक्साइकलिङ हिरो’ राखिएको छ । दिवसको सन्देशलाई नै आत्मसात गर्दै काठमाडौंमा आयोजित कार्यक्रममा फोहोरमा काम गरिरहेका विभिन्न तहका ६ जना रिसाइकलिङ हिरोलाई सम्मान गरियो ।

कार्यक्रममा विभिन्न तहका ६ जना रिसाइकलिङ हिरो प्रतिनिधीहरुको योगदानको कदर गर्दै उनीहरुलाई खादा ओढाएर सम्मान गरिएको हो । सम्मानित छ जनालाई पूर्व वातावरणमन्त्री गणेश शाह र काठमाडौं महानगरपालिकाका प्रवक्ता साथै कामपा १५ वडाध्यक्ष ईश्वरमान डंगोलले संयुक्त रुपमा गरे । 

रिसाइकलिङ हिरोहरुले फोहरजन्य बस्तुको रिसाइकल गरी फोहर व्यवस्थापन तथा वातावरण सुधारमा गरेको योगदानको कदर गर्नुका साथै रिसाइकलिङ क्षेत्रमा भएको चुनौतीको विषयमा छलफल गर्दै समाधान तथा विकल्पहरुको खोजी गर्नु गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनायो । 

कार्यक्रममा बोल्दै पूर्व वातावरणमन्त्री गणेश शाहले अहिलेको अवस्थामा, नेपालमा पनि रिसाइकलिङलाई महा अभियानकै रुपमा सुरुवात गर्नुपर्ने बताए । 


‘रिसाईक्लिङ्गलाई प्रोत्साहित गर्न सरकारले निती ल्याउनुका साथै निजी क्षेत्रलाई लगानी गर्न उचित वातावरण बनाउन जरुरी रहेको छ । हेर्दै जानुहोस्, आउने दिनहरुमा नयाँ अरबपतिहरु फोहोर व्यवसायबाट नै बन्ने छन्’ पूर्वमन्त्री शाहको भनाई थियो ।

रिसाइकलिङ हिरो माया तामाङ्गले आफ्नो अनुभवमा सुनाउँदै भने ‘हामी फोहोर मैलामा काम गर्ने कामदारहरुको सहकारी बनेको आठ वर्ष भयो । सहकारी खोल्दा पढन पनि नआउने अवस्थामा थियौं तर अहिले हाम्रो सहकारीमा एक करोड भन्दा बढीको पुँजी संकलन भएको छ ।’ 

सरसफाईकर्मीहरुको स्वास्थ्य लगायत विभिन्न पक्षमा अझै पनि सुधारको आवश्यकता रहेको तामाङ्गले औंल्याउनुभयो ।

फोहोरमैला व्यवस्थापन व्यवसायी वासुदेव उप्रेतीले यस कार्यक्रममा फोहोरमैलामा अन्त शुल्क लगाउने सरकारी निर्णयले फोहोरमैलाको क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई मर्का परेको गुनासो गर्नुभयो । 

‘काठमाडौ महानगरपालिकाको दीर्घकालीन योजनामा फोहोरलाई श्रोतमै छुटयाउने लक्ष्यका साथ केही वडाहरुमा यस्को पाइलोटिङ पनि सुरु गरिसकको छ’ काडमाडौ महानगरपालिका वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठले भन्नुभयो । 

फोहोर पानी पनि रिसाइकलिङ गरेमा पानीको ५०% आवश्यकता यसैबाट पूर्ति हुनसक्ने बताउनुभयो

कामपाले नकुहिने फोहोरको व्यवस्थापन गर्न निजी संस्थासँग सहकार्य गरेको पनि विभागका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

कामपा प्रवक्ता साथै वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले कामपा वडा नं १५ मा २०५२ साल देखि नै रिसाइकलिङको काम सुरु भएको बताउनुभयो । काम शुरु गर्ने तर निरन्तरता नदिने खालको कमजोरीलाई महसूस गर्दै आउँदा दिनमा फोहोरमैला व्यवस्थापनलाई व्यवसायीक रुपमा अगाडी बढाउनुपर्ने प्रवक्ता श्रेष्ठको भनाई थियो । 

काठमाडौं रिसाइकलका संयोजक जानु डंगोलले पहिलो तहमा कुनै प्रसोधन विना, दोस्रो तहमा सामान्य सुधार गरेर र तेस्रो तहमा रसायनीक परिवर्तनबाट आकारप्रकार र ढाँचा नै परिवर्तन गरेर वस्तुलाई पुनः प्रयोगमा ल्याइ समय र धन, आय तथा बचत गर्न सकिने बताउनुभयो । 

निभा रेनका निर्देशक नरेन्द्रमान डंगोलले फोहोरमैला मात्र नभई फोहोर पानी पनि रिसाइकलिङ गरेमा पानीको ५०% आवश्यकता यसैबाट पूर्ति हुनसक्ने बताउनुभयो । 

विश्व रिसाइकलिङ दिवशको अवसरमा ‘काठमाडौं रिसाइकल्ड’, गुथि  र काठमाडौं महानगरपालिकाको सहकार्यमा ‘काठमाडौं रिसाइकल्ड अभियान’ कार्यक्रम गरिएको थियो ।

Categorized in समाज