arin enterprises

उदयपुरमा सय किलो बढि गाँजा बरामद

SamacharDesk – समाचारडेस्क जिल्ला रिपोर्टर | २०८२ कार्तिक १६, आइतबार

उदयपुरमा आज (आइतबार) विहान सय किलो भन्दा बढि गाँजा बरामद भएको छ ।

बेलका नगरपालिका–८ कोठु दोभानस्थित सप्तकोशी नदी किनारबाट करीब १३४ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले २ वटा रबरको ट्युबमा प्लाष्टिक भित्र पोका पारी राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in समाज
SKIP THIS tihar2082