arin enterprises

दाजुको हत्या गरेको अभियोगमा भाई पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक १६, आइतबार

पश्चिम नवलपराशीमा दाजुको हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् ।

दाई ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका–१ पुनर्बास बस्ने ३४ वर्षीय चित्र बहादुर शाहीलाई आज (आइतबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानको क्रममा चित्र बहादुरले कोदालोको बिड लगायतले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको देखिएको प्रहरीले बताएको छ ।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले चित्र बहादुरलाई पक्राउ गरेको हो ।

घटनाको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको बताएको छ ।

Categorized in अपराध
SKIP THIS tihar2082