नेपाल भारतसँग पराजित
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर १२, बिहिबार

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा समूहको दोस्रो तथा अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दुई वटा सेट प्वाइन्ट बचाउन नसक्दा २६÷२४ ले पराजित हुन पुग्यो ।
दोस्रो सेटमा सुरुदेखि नै दवावमा परेको नेपाल २५/१२ ले पराजित भयो । तेस्रो सेटमा नेपाल २५/१६ हार्योे ।
यो खेलसँगै नेपाल र भारतको समान तीन अंक भएको छ ।
पहिलो खेलमा बुधबार नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो ।
अब समूहको अन्तिम खेलमा भारत र बंगलादेश भिड्ने छन् । सो खेलको विजेताले समूह विजेता र उपविजेताको छिनोफानो लगाउने छ ।
यता, पुरुष भलिबलतर्फ बिहीबार भारत र पाकिस्तानले विजयी सुरुवात गरेका छन् ।
भारतले बंगलादेशलाई सोझो सेटमा पराजित गर्दैै सेमिफाइनल नजिक पुगेको हो । भारत २५/१८, २५/१४ र २५/१५ ले विजयी भयो ।
यसअघि बंगलादेशले बुधबार नेपाललाई बेष्ट अफ फाइभमा हराएको थियो ।
अब नेपालले समूहको अन्तिम खेलमा शुक्रबार भारतसंग खेल्नेछ । स्पष्ट जितले मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ ।
समूह बी को खेलमा पाकिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित ग¥यो । पाकिस्तान २५/१६, २५/२३ र २५/१५ ले विजयी भयो । जितसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ ।
पाकिस्तानले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स