arin enterprises

नेवाः नखः न्यूयोर्कमा नयाँं नेतृत्व

SamacharDesk – न्यूयोर्क सम्वाददाता | २०७५ आश्विन ३०, मंगलबार

नेवाः नखः न्यूयोर्कमा विष्णुमान प्रधान नयाँ अध्यक्ष चयन भएका छन् । न्यूयोर्कमा सम्पन्न नेवाः नखःको दोश्रो अधिवेशनले प्रधानको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा महेन्द्रवीर बज्राचार्य चयन भएका छन् भने विमला श्रेष्ठ दोश्रो उपाध्यक्ष भएकि छन् । त्यसैगरी डा. नरेशमान शाक्यलाई महासचिवमा चयन गरेको अधिवेशनले संगीता मुखिया छोचुंलाई सचिव बनाएको छ । त्यसैगरी दिपककुमार प्रधान कोषाध्यक्ष र सुजन श्रेष्ठ सह कोषाध्यक्ष चयन भएका छन् ।

सदस्यमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमारभक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्रकुमार बज्राचार्य, गौतम कर्माचार्य रहेका छन् ।

संस्थापक अध्यक्ष वीरेन्द्र प्रधानको संयोजकत्व रहेको निर्वाचन कमिटिले नयाँं कार्यसमिती निर्वाचित गरेको हो ।

नखःको बिधान अनुसार पूर्ब अध्यक्षहरू स्वतः सल्लाहाकार हुने भएकोले संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान र निर्वतमान अध्यक्ष राजा शाक्य सल्लाहाकार भएका छन् भने सभाले पूर्ब सल्लाहाकार अजय छ्वचुं र राजकुमार श्रेष्ठलाई पनि सल्लाहाकारमा चयन गरेको छ ।

नवनिर्वाचित नखःका अध्यक्ष प्रधानले नेवाः कला संस्कृतिको क्षेत्रको उत्थानका लागी सबै समुदायसंँग हातेमालो र सहकार्य गर्दै नखःलाई अगाडी बढाउने बताउनुभयो । संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, निर्वतमान अध्यक्ष राजा शाक्य, सल्लाहाकार अजय छोचूं र राजकुमार श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

सोभन्दा अघि, अधिवेशनको उद्घाटन सत्रमा संस्थापक सचिब संजय शिलाकार, सल्लाहकार अजयमान छ्वचुं, राजकुमार श्रेष्ठ, साविक सचिब डा. नरेशमान शाक्य, सदस्य दिपककुमार प्रधान, नम्रता प्रधान, सुजन श्रेष्ठ लगायतले नखःलाई समुदायको हितमा अझ बढी सबल, सक्षम र सफल संस्था बनाउनुपर्नेमा जोड दिएका थिए ।

नखःका साविक उपाध्यक्ष बिष्णुमान स्वागत गर्नुभएको सभामा साविक महासचिब महेन्द्रबीर बज्राचार्यले कार्य प्रगति बिबरणसँगै आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो ।

साधारण सभाले बृहत रूपमा छलफल गरी नखःको बिधानमा केही पद र दफाहरू थप गरी बिधान संशोधन समेत गरेको छ ।

नेवाः नखः न्यूयोर्क नेवाः परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबद्र्धनकालागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यस संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Categorized in समाज