arin enterprises

परिक्षणको १४.८५ प्रतिशतमा संक्रमण पुष्टी

SamacharDesk – बिकाश | २०७७ पौष ४, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा ७ सय १० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ४ हजार ७ सय ८० वटा नमूना परिक्षणमा ३ सय ६ जना महिला र ४ सय ४ जना पुरुषहरुमा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २ लाख ५३ हजार एक सय ८४ पुगेको छ ।

त्यस्तै हालसम्म १८ लाख ६६ हजार २ सय १० वटा स्वाब नमूनाको आरटीपिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो पटक एक हजार एक सय ७५ जना संक्रमित निको भएका छन् । हालसम्ममा २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमितले कोरोना भाईरसलाई हराएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७ सय ७७ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ४० रहेको छ । तीमध्ये ५ हजार ३ सय ६४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय ७६ जना संस्थागत आइसोलेसनमा छन् ।

क्वारेन्टीनमा रहनेको संख्या ४ सय २१ जना रहेको छ ।

२ सय ७९ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५१ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा २१, प्रदेश २ मा ७, वागमती प्रदेशमा एक सय ४, गण्डकी प्रदेशमा ८४, लुम्बिनी प्रदेशमा ४८, कर्णाली प्रदेश ७ र सुदुरपश्चिम प्रदेशमा ८ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ३, प्रदेश २ मा ४, वागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा ३/३ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५१ जना भेन्टिलेटरमा छन् ।

हाल मनाङ जिल्ला मात्रै संक्रमण शुन्य रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।

Categorized in राष्ट्रिय