arin enterprises

पहिलो महिला उपन्यासकार मानन्धर सम्मानित

SamacharDesk – समाचार श्रोत : नेवाः सूचना केन्द्र | २०७५ चैत्र ३०, शनिबार

नेपालभाषा साहित्यका पहिलो महिला उपन्यासकार शशिकला मानन्धर सम्मानित भएकी छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उपन्यासकार मानन्धरलाई सम्मान गरिएको हो ।

नेपालमण्डल साहित्य प्रतिष्ठानबाट आयोजित दोश्रो वृहत साहित्य सम्मेलनमा मानन्धरलाई ‘निर्मला लुमन्ति हना’ (निर्मला स्मृति सम्मान) बाट सम्मान गरिएको हो । 

सोही कार्यक्रममा रमा–डा कौशल्या सम्मानबाट शौरभ शाक्य, सुर हनाबाट डा. सुन्दरकृष्ण जोशीलाई सम्मान गरियो । संगीत रत्न स्मृति सम्मानबाट मञ्जु बज्राचार्य र दिनेश स्मृति सम्मानबाट ओमकृष्ण श्रेष्ठलाई सम्मान गरियो ।

सम्मानित सबैलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मानन्धरलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गर्नुभयो । साथै पुरस्कार राशी रु ५ हजार पनि शाक्यले सम्मानित पाँच जनालाई प्रदान गर्नुभयो । 

कार्यक्रममा नेपालभाषा मंकाः खलः ललितपुरका पूर्व अध्यष मोतिलाल शिल्पकार, नेपालभाषा एकेदमिका उपकुलपति यज्ञरत्न धाख्वाः, नेपालभाषा मंकाः खलः ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठ लगायतको उपस्थिती थियो ।

Categorized in पेजथ्री