पानामाको पोष्टमा इङ्गल्यान्डको आधा दर्जन गोल
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १०, आइतबार

रसियामा जारी विश्वकप फुटबलमा इङ्गल्यान्डले पानामाविरुद्ध कीर्तिमानी जित हात पारेको छ । ६–१ को फराकिलो गोल अन्तरले पनामालाई हराउँदै इङ्गल्यान्डले किर्तिमान जित दर्ता गराएको हो ।
इङ्गल्यान्डका लागि कप्तान हृयारी केनले ह्याट्रिक गरे । खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका ह्यारीले पहिलो हाफको थप समयमा दोस्रो गोल पनि पेनाल्टीमार्फत नै गरे । ६२औं मिनेटमा गोल थप्दै हृयाट्रिक गरेर उनी मैदानबाट बाहिरिएका थिए ।
यो ह्याट्रिकसँगै ह्यारी विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचिमा अगाडि आएका छन् । विश्वकपको ईतिहासमा इङ्गल्यान्डबाट हृयाट्रिक गर्ने खेलाडीमा भने ह्यारी तेस्रो हुन् ।
खेलमा इङ्गल्यान्डले अग्रता भने आठौं मिनेटमा स्टोन्सको गोलबाट लिएको थियो । ३६औं मिनेटमा लिंगाडले गोल थपेक ।
पानामाका लागि फिलिप बालोयले खेलको ७८औं मिनेटमा गोल गरे ।
इंग्ल्याण्डको जितसँगै समूह ‘जी’ बाट इंग्ल्याण्ड र बेल्जियम नक आउट चरणमा पुगेका छन् ।
यो खेलसँगै जारी विश्वकपकै फराकिलो अन्तरको जितमा रसियासँग बराबरी गरेको इंग्ल्याण्डले आफ्नो विश्वकप इतिहासकै धेरै गोलको कीर्तिमान पनि बनाएको छ ।
Categorized in स्पाेर्ट्स
